Government of Nepal Logo
Government of Nepal Logo
प्रदेश सरकार

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय

जलश्रोत तथा सिंचाई विकास डिभिजन, तनहुँ

तनहुँ

प्रदेश सरकार

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय

जलश्रोत तथा सिंचाई विकास डिभिजन, तनहुँ

तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय 2077-04-21

सविकमा जिल्ला सिंचाइ कार्यालय, २०७० सालदेखि सिंचाई विकास डिभिजन हुदै २०७५ सालमा प्रदेश सरकार अन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँको स्थापना भएको हो । यस कार्यालयबाट सिंचाई सम्बन्धी बाँध कुलो निर्माण तथा मर्मत र नदी नियन्त्रण (जल उत्पन्न प्रकोप नियन्त्रण) सम्बन्धी विभिन्न संरचनाहरुको निर्माण तथा संरक्षण गर्ने कार्य गरिन्छ । यस कार्यालयका प्रमुख कार्य तथा उद्देश्यहरू जिल्लामा उपलब्ध जलस्रोतको अधिकतम उपयोग गरी सिंचाइ क्षेत्रको दिगो विकास एवं विस्तार गर्ने, नदी व्यवस्थापनबाट जोखिम रहित उकास जग्गाको समुचित उपयोग गर्ने, सिंचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापनका लागि निर्मित ठूला प्रकृतिका संरचनाहरूको समयमै उचित मर्मत संभार गरी दिगो र भरपर्दो बनाउने, प्रभावकारी जल व्यवस्थापन, आधुनिकीकरण गर्ने तथा नयाँ  सिचाइ योजनाहरूको निर्माण गरी वर्षैभरी भरपर्दो सिंचाइ सुविधा पुर्याउने, जल उत्पन्न प्रकोपबाट हुने मानव बस्ती, कृषी योग्य जमिन तथा निर्मित बिकासका पूर्वाधारहरुको संरक्षण गर्ने, नदी तथा जलाधार व्यवस्थापन गरी जल उत्पन्न प्रकोपबाट हुने क्षति न्यूनिकरण गर्ने, एकिकृत जलस्रोत ब्यबस्थापनको (Integrated Water Resources Management) सिद्धान्त अनुसार जलविद्युत, सिंचाइ, नदि तथा पहिरो व्यवस्थापन आदिको विकास तथा उपलब्ध जलस्रोतको अधिकतम उपयोग (Optimum Utilization) गर्न प्राविधिक दक्षता अभिवृद्धि गर्ने जस्ता रहेका छन् ।


पछिल्लो अपडेट गरिएको : 2078-08-16 02:28:17

© सर्वाधिकार सुरक्षित जलश्रोत तथा सिंचाई विकास डिभिजन, तनहुँ

Powered By: ProActive Developers